ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब ८७ करोड, लाभांश क्षमता कति ?
काठमाडौं – ग्लोबल आईएमई बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८७ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ४६ करोडले बढेको हो ।
नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड ९एनएफआरएस० अनुसार विभिन्न शिर्षकहरुमा रकम छुट्याएपछि बैंकको बितरण योग्य मुनाफा १ अर्ब ४१ करोड ७४ लाख रुपैयाँ छ ।
चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाको अनुसार बैंकले शेयरधनीलाई १८.३२ प्रतिशत लाभांश वितरण गर्न सक्दछ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।
तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ ।