मन्त्रालयले दियो कन्सल्टेन्सी नवीकरणका लागि अन्तिम मौका
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले शैक्षिक कन्सल्टेन्सी नवीकरणका लागि अन्तिम मौका दिएको छ । मन्त्रालयले पहिलो चरणमा आवेदन दिन छुटेका शैक्षिक परामर्श व्यवसायीलाई दोश्रो पटक सूचनामा निकालेर नवीकरणका लागि मौका दिएको हो ।
मन्त्रालयले असार १६ गतेदेखि शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरुलाई नवीकरण गर्नका लागि पहिलो पटक आवेदन माग गरेको थियो । त्यतिबेला दर्ता भएका १४७३ मध्ये ८ सय ७५ शैक्षिक कन्सल्टेन्सीले मात्र आवेदन दिएका थिए । त्यति बेलामा आवेदन दिन छुट संस्थालाई मन्त्रालयले अवसर दिएको हो ।
पहिलो पटक अनलाइनबाट आवेदन भरेपछि इमेलमै युजर नेम र पासवर्ड आउँथ्यो । अहिले युजर आइडी र पासवर्डका लागि फायल लिएर शाखामा धाउनु पर्ने दोश्रो पटक प्रकाशित सूचनामा भनिएको हो । ‘मिति २०८१ असार १६ गतेको सूचना अनुसार निवेदन गर्न छुट भएका संस्थाहरुलाई आ.व.२०८१/८२ मा गरिने नवीकरणका लागि मिति २०८१ भदौ २७ गते भित्र निर्देशिकाको अनुसूची २ बमोजिमको निवेदन र कागजात सहित सानोठिमी स्थित शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा बुझाउनु भई एप्लिकेसन सञ्चालनको लागि आफ्नो युजर आईडी प्राप्त गर्न हुन सूचित गरिन्छ ।’, मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
यो पटक पनि नवीकरणका लागि नआउने संस्थाहरुको दर्ता खारेज गरिने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । ‘म्याद नाघेकर प्राप्त हुने तथा रितपुर्वक प्राप्त नभएका निवेदन उपर कुनै कारवाही नहुने तथा नवीकरण नगराउने संस्थालाई अनुमति प्राप्त संस्थाको सूचीबाट हटाइने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको छ ।’ भदौ ६ गते सार्वजनिक भएको सूचनामा भनिएको छ ।
त्यस्तै, नवीकरणका लागि आएका मध्ये झण्डै १ सय व्यवसायीले डकुमेन्ट अपलोड नगरेको शाखाले जनाएको छ । शाखा प्रमुख तथा नेपाल सरकारका उपसचिव सेमन्त कोइरालाका अनुसार १ सयको हाराहारीका संस्थाले मन्त्रालयको सिस्टममा डकुमेन्ट अपलोड गरेका छैनन् । शाखामा नवीकरणका लागि आएका ८ सय ७५ मध्ये एक सयको हाराहारीले अनलाइनमा डकुमेन्ट अपलोड नगरेको कोइरालाको भनाई छ ।
मन्त्रालयमा बुझाउने निवेदनको ढाँचा र आवश्यक डकुमेन्ट

