केन्द्रीय समिति बैठकस्थलमै माधव नेपालले सुन्नुपर्यो धक्कापूर्ण समाचार

आइतबार, ९ भाद्र २०८१

काठमाडौँ – पार्टी पदाधिकारीको टुंगो लगाउन जारी नेकपा एकीकृत समाजवाको केन्द्रीय समिति बैठकमै अध्यक्ष माधव नेपालले धक्कापूर्ण समाचार सुन्नु परेको छ।

उता केन्द्रीय समिति बैठक चलिरहदा पार्टीका केन्द्रीय जलस्रोत विभाग सदस्य प्राचार्य डाक्टर  मोजराज बगाले आइतबार नेकपा (एमाले) मा प्रवेश गरेको धक्कापूर्ण समाचार सुन्नुपरेको हो ।

एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आइतबार नै नेकपा (एमाले) मा प्रवेश गरेका छन्। पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई आज पार्टी कार्यालय, च्यासलमा खादा लगाएर स्वागत गरे।

गोरखाको भीमसेन थापा नगरपालिका–१ का बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढेका हुन्। उनी अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित भएका थिए। बगाले नेपाल पिएचडि फाउण्डेशनका उपाध्यक्ष पनि हुन्।