प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा कप्तान इन्दु बर्मा
काठमाडौं – प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीले आफ्नो ब्रान्ड एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई नियुक्त गरेको छ । सोमबार एक विशेष समारोहको आयोजना गर्दे प्रोफेशनलले बर्मालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
नेपाली युवा विद्यार्थीहरूलाई सशक्तिकरण गर्न, नेपाली महिला क्रिकेटलाई सम्मान गर्न र महिला विद्यार्थीलाई क्रिकेटप्रति आक्रषित गर्नका लागि ब्रान्ड एम्बेसडरका रुपमा बर्मालाई छनोट गरेको प्रोफेशनलले जनाएको छ । ‘बर्मासँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी भएका छौं ।’, प्रोफेशनलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सहकार्य प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हुने छ ।’
ब्रान्ड एम्बेसडरका रूपमा बर्माले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई सहि गन्तव्य र शैक्षिक संस्था छान्न प्रेरित गर्न निर्णायक भूमिका खेल्ने बताइएको छ । कप्तान बर्माले प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीसँग सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताएकी छन् । ‘म निकै सम्मानित भएको महशुस गरेकी छु, एउटा ब्रान्ड जसले मेरो प्रेरणादायी दृष्टिकोण शेयर गर्नेछ ।’, उनले भनेकी छन्, ‘प्रोफेशनलले नेपाली क्रिकेटलाई सम्मान गरेको छ । हामीलाई यसले थप प्रेरणा मिल्ने छ ।’
निकै मिहिनेती र इमान्दार व्यक्तित्वका रुपमा परिचित एसके श्रेष्ठद्वारा संचालित प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी भरपर्दो र विश्वासिलो संस्था हो । शैक्षिक परामर्श क्षेत्रमा पुराना एवम् सबैका सम्मानित व्यक्तिको नेतृत्वमा संस्थालित यो संस्था काठमाडौंको नयाँ बानेश्वर चोकमा अवस्थित छ । अध्ययनका लागि अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत र थाइल्याण्ड जाने चाहने विद्यार्थीका लागि सहि परामर्श दिइरहेको प्रोफिशनलले आइएलटिएस, पीटिईका कक्षाहरु पनि संचालन गरिरहेको छ ।
विदेशको सपना देखिरहेका विद्यार्थीका लागि प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी निकै राम्रो सारथी बन्ने विश्वास गरिरहेको छ । विद्यार्थीको क्षमता, योग्यता र भावना बुझेर विकल्प दिन सक्षम प्रोफेशनलले साँच्चिकै प्रोफेशनल्ली काम गर्ने भएका कारण यहाँ आउने विद्यार्थी ढुक्क छन् ।
