भैंसीले बाघ मारेपछि ह्वात्तै गिर्यो रविको आत्माबल
काठमाडौँ – पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले आफूविरुद्ध भएको नानाभाती षड्यन्त्रले अरुले जति कमजोर सोचेका छन् त्यती कमजोर नभएको बताएका छन्। केहीदिन अगाडी भैंसीले बाघ मारेको उदाहरण दिँदै उनले अब म बाघ हुँ त नभन्ने तर त्यति आत्माबल कमजोर पनि भैनसकेको बताएका हुन्।
चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले भ्रष्टाचारविरुद्ध घन्टी बजाएको कारण आफूहरूमाथि झूटो आरोप लगाएर बदनाम गर्न खोजिएको दाबी गरे । लोकतान्त्रिक व्यवस्थामा जनता शक्तिशाली हुने भन्दै उनले आफूहरूसँग जनताको शक्ति रहेले अहिले नै कमजोर भैनसकेको बताए ।
‘हाम्रोमा हावा नलागी पात हल्लँदैन भन्ने चलन छ, तर त्यो हावा हैन, उनीहरूले फोक्सो फुट्ने गरी फुकेका छ्न्, त्यो नक्कली हावासँग रवि लामिछाने तर्सिनेवाला छैन, अब म बाघ हुँ भन्न पनि मिलेन, भैसीले मारिदियो नत्र बाघ नै हुँ भनिन्थ्यो, तर जति कमजोर सोचेका छ्न् त्यति कमजोर त रास्वपा हैन, त्यति कमजोर घन्टी हैन, त्यति कमजोर रवि लामिछाने छैन,’ उनको भनाइ थियो ।
आफुलाई बाघ म बाघ हुँ भन्दै हरेक मन्चमा गर्जिने रविको को एकाएक म बाघ हुँ भन्न पनि मिलेन, भैसीले मारिदियो नत्र बाघ नै हुँ भनिन्थ्यो भन्नुले उनको आत्माबल गिरेछ भन्ने चर्चा हुन थालेको छ।