संसदमा प्रचण्डले दिए ओली-देउबालाई गज्जबको ढाडस

मंगलबार, ११ भाद्र २०८१

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले कांग्रेसको समीकरण सरकार बनेपछि पहिलोपटक संसदबाट गज्जबको ढाडस दिएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले माओवादी केन्द्र अव सत्ताको खेलमा नलाग्ने दाबी गर्दै एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी  बनाएर आउने ढाडस दिएका हुन्।

‘माओवादी अव सत्ताको खेलमा लाग्ने छैन । तपाईँहरूसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन । माओवादी भनेको आन्दोलन हो,’ उनले भने ‘यस बिचमा केही कमजोरी भयो ।

त्यही कमजोरीमा खेलेर विभिन्न खालको चलखेल भएको छ ।’ उनले माओवादीको ध्यान अव सत्ताको चलखेलमा नभएको र संविधान मार्फत हुने चलखेल रोक्न र जनताको कुरा उठाउनमा भएको दाबी गरे ।