कृषि श्रमिक संघकी अध्यक्ष बोगटीद्वारा निर्मित “हाम्रो समाज” टेलिसिरिएल सार्वजनिक हुँदै

बुधबार, १२ भाद्र २०८१

काठमाडौँ – समाजसेवासंगै आफ्नो नित्य कर्मलाई सिरोपर गर्दै अघि बढीरहेकी काठमाडौंको फर्पिङमा जन्मिएर किर्तिपुर नगरपालीका-६ चोभारलाई कर्मथलो बनाउदै आएकी कृषि ब्यवसायी संगिता लामा (बोगटी) एक सक्षम कृषक अनि समाजसेवीको रुपमा परिचित नाम हो।

यो सङ्गै उनी पछिल्लो समय सामाजिक कार्यलाई थप ससक्त पार्न गठन भएको बारी गणेश आमा समुहको पनि नेतृत्वकर्ता हुन् । समाजसेवा ब्यवसाय र राजनितिकलाई एकैसाथ अघि बढाउने हिम्मतवाली एक महिला नेत्री जसको योगदानको बारेमा हामी चर्चा गर्दैछौं ।

नेपाल कृषि श्रमिक संघकी अध्यक्ष जो अहिले कलाकारीतालाईसमेत नजिकबाट नियाल्ने र टेलीकथा मार्फत सामाजिक उत्तरदायीत्वलाई बढवादिन प्रयत्नरत छिन् । लोकप्रिय कथाकार श्रष्ठा, सर्जक कृष्ण लामिछानेको कथा निर्देशन तथा बारी आमा समुहको अगुवाईमा निर्मित सामाजिक कथामा आधारित टेलिफिल्मले हाम्रो समाजमा आमा समुहको भुमिका कस्तो रहन्छ, महिलाहरु प्रसव पीडा तथा आन्ततिक समस्यामा पर्दा जिम्मेवार पुरुषहरुले कस्तो भुमिका र स्नेह देखाउनु पर्छ ।

नारी पुरुष समान हुन् भन्ने नजिर स्थापित गर्न र समाजको हरेक क्षेत्रमा महिला सहभागिताको ज्ञारेन्टी गर्न कसरी सकिन्छ। समाज रुपान्तरणका लागि महिलाहरुको भुमिका पनि कुनै पुरुषको भन्दा कम हुदैन भनेर देखाउने प्रयत्नलाई सार्थक बनाउन श्रब्य दृश्य सामाग्रीसहित यो सिरिएलको परिकल्पना गरिएको कलाकार तथा निर्मात्री बोगटीको तर्क छ।”

यो कार्यका कृषि श्रमिक संघ, बारी गणेश आमासमुहसहित पुनित बोगटीको महत्वपूर्णसाथ रहेको छ, बोगटी सङ्गिताको श्रीमान समेत हुन् । सामाजिक उत्तरदायीत्वमा आधारित सिरिएल हाम्रो समाजमा संङिता लामा (बोगटी) सहित सुस्मिता चौलागाईं,रामबाबु रेग्मी बालदिप राई,कल्पना खतिवडा, र दिपेन्द्र खड्का लगायत दर्जनभन्दा बढी कलाकारहरु अनुवन्धित रहेका छन् ।

हाम्रो समाज नामक सिरिएलमा बाल कलाकार कृसब लामिछाने समेतको महत्वपूर्ण भुमिका रहेको छ । लामिछानेद्वारा परिकल्पना गरिएको सिरिएल लेखनमा उनै कलाकार निर्मात्री संङिता अनि पछिल्लो समयकी लोकप्रिय मोडल सुश्मिता चौलागाईंको साथ रहेको छ। सिरिएललाई केही दिनमै प्रसान्त प्रधुन्न नामक युट्युब  च्यानल मार्फत सार्वजनिक गर्ने तयारी गरिएको निर्माण पक्षले जानकारी दिएका छन् ।

यस्तो छ सामाजिक यथार्थतामा आधारित तेली फिल्म हाम्रो समाजमा समावेश गरिएका कथा पात्र सहितको भिडियो