प्रचण्डको गाडीमा आरजु बसेपछि प्रहरीले भन्यो, “तपाईं झर्नुहोस्”
धनगढी – परराष्ट्र मन्त्री आरजु राणा देउवा नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गाडीमा बसेपछि प्रहरी अक्क न बक्क भएको छ । एउटै प्लेनमार्फत धनगढी पुगेकी आरजु प्रचण्डको गाडिमा चढेकी थिईन् ।
प्रहरीले एयरपोर्टमा भेला भएका नेता कार्यकर्ताहरुले भिडलाई व्यवस्थित गर्न नसक्दा आरजुले अर्को गाडी चढ्नु परेको हो । प्रहरी प्रशासनलाई भीड व्यवस्थापनमा हम्मे हम्मे परेको थियो ।
एयरपोर्टमा झरेपछि परराष्ट्र मन्त्री देउवालाई भीआईपी कक्षबाट सुरुमै बाहिर ल्याइयो । त्यसपछि प्रचण्डलाई ल्याइयो । बाहिर प्रचण्ड र देउवाको लागि छुट्टाछुट्टै गाडी राखिएको थियो ।
हतारिएको प्रहरीले प्रचण्डको लागि राखिएको गाडीमा देउवालाई बसायो । अक्क नबक्क भएको प्रहरीले पछि मात्रै थाहा पाएर मन्त्री देउवालाई त्यो गाडीबाट ओरालेर अर्को गाडीमा बसायो ।
यसैबिच भीड व्यवस्थापनमा रहेको प्रहरी प्रशासन चुकेको पाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा निकाय प्रमुखहरुको उपस्थित रहेको स्थानमा प्रहरीले भीड व्यवस्थापन तथा भीआईपीहरुलाई उचित स्थानमा (आ–आफ्नो गाडी)मा लैजान केही चुकेको देखिएको हो ।