एमाले-माओवादी विवाद साम्य नहुँदै संसदमा फेरि कांग्रेस रास्वपाको अर्को लडाई सुरु

बिहिबार, १३ भाद्र २०८१

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुको विवाद साम्य नहुँदै संसदमा अर्को लडाई सुरु भएको छ।  प्रतिनिधिसभाको बैठकमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीको विषयलाई लिएर रास्वापा र कांग्रेसबीच अर्को आरोप प्रत्यारोपको लडाई सुरु भएको हो।

कांग्रेस सांसद राजेन्द्र बजगाईले रास्वपाका एक सहमहामन्त्री (नाम खुलाएनन्) उड्ययन प्राधिकरणका महानिर्देशक अधिकारीलाई जोगाउन कुरा गर्न आएको बताए ।

‘उहाँ हाम्रो मान्छे, हाम्रो निर्वाचन क्षेत्रको मान्छे, रवि लामिछाने निर्वाचित भएको क्षेत्रको मान्छे उहाँलाई जोगाउनु पर्‍यो,’ बजगाईले संसदमा भने । रास्वपाले द्धैध चरित्र देखाएको बजगाईले आरोप लगाए ।