सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम भक्तपुरबाट सुरू

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम सुरू गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार भक्तपुर पुगेर यो कार्यक्रम सुरूवात गरेका हुन्।

राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थल जाने, आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूका गुनासा सुन्ने कार्यक्रम सुरू गरेका हुन्। शुक्रबार भक्तपुर दरबार स्क्वायर पुगेको उनको सचिवालयले जनाएको छ।