गठबन्धनका उम्मेदवारलाई पत्तासाप पार्दै टानको अध्यक्षमा माओवादीको जित
काठमाडौं – ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै विजयी भएका हुन् ।
कांग्रेससँग असन्तुष्ट खेमाले पाण्डेलाई साथ दिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहानै खुशीको खबर बाँड्ने अवसर मिल्यो भन्दै अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचितहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरुको अथक मेहेनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु।’