कानुनअनुसार नचल्ने संघसंस्थालाई कारबाही गर्ने खेलकुदमन्त्रीको चेतावनी

बुधबार, १९ भाद्र २०८१

काठमाडौँ –  खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐननियमअनुसार चल्न खेलकुद संघसंस्थाहरूलाई चेतावनी दिएका छन्।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बुधबार काठमाडौँमा स्वागत गर्दै मन्त्री चौधरीले राखेपको ऐन र कानुनअनुसार चल्न निर्देशन दिएका हुन्।

उनले ऐन र कानुनविपरीत काम गरे आगामी दिनमा समस्या पर्न सक्ने चेतावनी दिए। चौधरीले भने, ‘ऐनकानुनमा समस्या भए बेलैमा संशोधन गरेर समस्या हल गर्न सकिन्छ।’

उनले खेलाडी र प्रशिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै योजना र कार्यक्रम निर्माण गर्न पनि निर्देशन दिए। खेलाडी र प्रशिक्षकका लागि केही नगर्ने तर कुराले डंका पिट्ने प्रवृत्ति अन्त्य गर्न उनले सुझाव दिए।