अनेम संघ क्रान्तिकारी काठमाडौं जिल्लाको प्रथम भेला सम्पन्न, अध्यक्षमा करिष्मा सी
काठमाडौ – अखिल नेपाल महिला संघ क्रान्तिकारी काठमाडौंको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बुधबार काठमाडौंको स्वयम्भूस्थित स्टार वेङ्क्वेटको हलमा सम्पन्न भेलाले करिस्मा सीको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको छ ।
भेलाले उपाध्यक्षमा शर्मिला सी र मिना सी, सचिवमा कृष्टिना सी, सहमसचिवमा सपना सी र प्रशंसा सी र कोषाध्यक्षमा कमला सीसहित २७ सदस्यीय कमिटी निर्माण गरि भव्यतापूर्वक उल्लासमय वातावरणमा सम्पन्न भएको हो । सदस्यहरुमा रुगु सी, करिश्मा सी, शर्मिला सी, सपना सी, कृष्टिना सी, अनिता घलान, शुभद्रा सी, अप्सरा सी, विमला सी, सुमित्रा सी, मिनु सी, कुमारी सी, प्रशंसा सी, मिना पुरी, अस्मिता सी, लक्ष्मी लामा, कृष्णमाया सी, शुशिला धामी, गङ्गा तामाङ, मनिषा सी, अमृता चौधरी, माया तामाङ, दुर्गा ढुङाना लगायत रहेका छन ।
कार्यक्रममा करिस्माको अध्यक्षता रहेको थियो भने नेकपा पोलिटब्युरो सदस्य तथा काठमाडौ इन्चार्ज माईला सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य अनेमसंघ क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष भृकुटी सी, नेकपा केन्द्रीय सदस्य काठमाडौ सेक्रेटरी चिरञ्जीवी सी, नेकपा के.स. अनेमसंघ क्रान्तिकारी महासचिव राजकुमारी सी, नेकपा केन्द्रिय सदस्य आरोह सी, अखिल समाजवादी केन्द्रिय अध्यक्ष नरेन्द्र सी, अनेमसंघ क्रान्तिकारी केन्द्रिय सदस्य मिना सी, नेकपा केन्द्रिय सदस्य धुर्व सी, नेवा मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुरेन्द्र महर्जन, अखिल समाजवादी केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश ईन्चार्ज ललीत सी, अनेमसंघ क्रान्तिकारी काठमाडौ इन्चार्ज विनिता सी, अनेमसंघ क्रान्तिकारी ललितपुर इन्चार्ज ममता सी, अनेमसंघ क्रान्तिकारी भक्तपुर इन्चार्ज बिन्दु सी, अखिल समाजवादी छात्रा विभाग प्रमुख तारा सी आतिथ्यता रहेको थियो ।
रुकु सीले सञ्चालन रहेको उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एव सामना परिवारका संयोजक आरोह सीको गीत र सामना परिवारका कलाकारले दमदार सागीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका माइला सीले सामन्तवादले महिलाहरुलाई कुचक्रको जालोमा बाधेर राखेको बताएका थिए । ‘सामन्तवादले पुजीवादको सिर्जना गरेको, जसको कारण शरीर बन्धक बनाउनुपर्ने, गाँस, बास, कपासको अभाव हुदा बाध्यताबसव यौन कार्यमा लाग्नुपर्ने अवस्था आएको छ ।’, उनले भने, ‘यसको अन्त्य वैज्ञानिक समाजवादमा मात्रै सम्भव भएकाले महिलाहरु समाजवादको यात्राका लागि संगठित हुनुपर्छ । तपाईं संगठित भएर लाग्नुहोस् ।’
नेकपा केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष भृकुटी सीले दाइजो प्रथाले कयौ चेलिहरुले अकालमै ज्यान गुमाउनु पर्ने, जलेर मर्नुपर्ने, बलात्कृत हुनुपर्ने अवस्था सिर्जना भएको बताएकी थिइन् । सामान्तवादले महिलाहरुलाई दासमा परिणत गरेको र पुजीवादले महिलाहरुलाई बस्तुकरण गरेर शरिर बेचिखाने बनाएको बताइन् । लघुबित्तको चर्को मारमा परेका सहकारी पिडितहरुले पनि आफ्नो घर छोड्न पर्ने बाध्यता आएपछि धेरैले आत्महत्याको बाटो रोजेको बताइन् । यसको अन्त्य र महिला मुक्तिका लागि समाजवादी व्यवस्था स्थापनाबाट मात्रै सम्भव भएको उनको भनाई छ ।

Exif_JPEG_420
