सुन्दर हरैचापछि पूर्वमा फेरी घट्यो अर्को भयानक घटना

बिहिबार, २० भाद्र २०८१

काठमाडौँ – मोरङ को सुन्दर हरैचामा आफ्नै आमाले दुई छोरीहरुलाई बिस खुवाएर हत्या गरेको घटना सेलाउन नपाउंदै पुर्वको कटारी नगरपालिका- १० सोरुङ छविसेमा आमाछोराको हत्या भएको छ । वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका अन्दाजी ६ वर्षीय छोरा आरुस थापाको हत्या गरिएको अबस्थामा  पसलमै शव भेटिएको हो ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए ।

‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परेको हो”, वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ ।’

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए ।

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान् अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए ।