पशुपतिमा नाच्दै व्रतालु महिलाहरु (फोटोफिचर)
काठमाडौँ – आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरू पानीको पर्बाह नगरीकन नाच गान गर्दै रमाइलो गरिरहेका छन् ।
व्रतालुहरू तिजका विभिन्न भाका गाउँदै पशुपतिनाथ परिसरमा रमाइरहेका छन् । पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् ।
मन्दिर दर्शनको लागि लामो लामो लाइन लागेको भएपनि बिहानैदेखि चारै ढोका खुलेकोले लाइन चाँडो चाँडो सरेको पशुपति विकास कोषले जानकारी दिएको छ ।
