माओवादीले चायोभने ओली सरकार ढाल्न कुनै आइतबार छैन

शुक्रबार, २१ भाद्र २०८१

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा प्रदेश सांसद जीवन आचार्यले माओवादीले छायो भने ओली नेतृत्वको सरकार ढाल्न कुनै आइतबार कुर्न नपर्ने बताएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) को सुनसरीको १४औं जिल्ला सम्मेलनको उद्घाटन गर्ने क्रममा आचार्यले माओवादीले चाहे ओली नेतृत्वको कांग्रेस–एमाले सरकार ढाल्न  कुनै आइतबार कुर्न नपर्ने बताएका हुन्।  यद्धपी उनले माओवादी अहिले सरकार परिवर्तनको खेलमा नलाग्ने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चालेपछि कांग्रेस र एमाले मिलेको उनको दाबी छ । प्रसांसद आचार्यले कांग्रेस र एमालेले सत्ताको लागि गठबन्धन गरेपनि माओवादीले अब जनतासँग गठबन्धन गरिसकेकोले जनताको साथ लिएर ०८४ को निर्वाचनमा पहिलो शक्ति बन्ने बताए ।