एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवा

बिहिबार, १९ बैशाख २०७६

बैशाख १९, काठमाडौं-  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ  । बढुवा सिफारिससँगै २०४९ बैशाखको ब्याजबाट प्रहरी महानिरीक्षकका लागि उनी एक्ला दावेदार बनेका छन् ।

बिहीबार साँझ बसेको बढुवा समितिको बैठकको निर्णयबाट रिक्त रहेको एउटा डीआईजी पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । पोखरेल २८ माघमा काठमाडौं प्रहरी परिसरको प्रमुखको रुपमा सरुवा भएका थिए ।

परिसर रहँदा नेपाली नक्कली नोटको कारोबार, अवैध सुन बरामद, क्रिकेट र फुटबलका खेलमा हुने अनलाइन बेटिङदेखि उपत्यकामा शान्ति, सुरक्षा कायम गराउन पोखरेलले उत्कृष्ट कार्य गरेका थिए । काठमाडौं प्रहरीबाट सरूवा भएर उनी लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत् थिए ।