उपसभामुखका कारण देशको शिर झुक्यो भन्ने कांग्रेसलाई रास्वपाले दियो गतिलो झापड

बुधबार, २६ भाद्र २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले कांग्रेसले उपसभामुख रानाको कारण नेपालीको शिर झुक्यो भन्ने निश्कर्ष निकालेको प्रति संसदमा गतिलो झापड हानेका छन्।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद झाले कांग्रेसको सो निष्कर्षलाप्रति नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर पठाउँदा नेपालीको शीर किन झुकेन भन्दै गतिलो झापड हानेका हुन्। उनले भने, ‘आज नेपाली कांग्रेसका अभिव्यक्ति आयो कि नेपालीको शिर झुकाउने काम भयो भनेर । नेपालको शीर त्यो बेला किन झुकेन, जुन बेला नेपालीलाई शरणार्थी भनेर पठाइयो ।’

लगभग १९ महिना पहिले उपसभामुख इन्दिरा रानाले लेखेको पत्रलाई अहिले राजनीतिक बार्गेनिङको विषय बनाइएको बताएका हुन् । उपसभामुख रानाले यस विषयमा आफ्नो गल्ती भयो भनेर स्वीकार पनि गरिसकेको उनले बताए ।