अब बुद्ध एयर पनि सुरक्षित रहेन, उड्न लागेको विमानमा देखियो यस्तो समस्या
काठमाडौं – काठमाडौंबाट चितवनको भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या आएपछि यात्रुहरूलाई ओरालिएको छ। हवाईजहाजमा प्राविधिक समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरूलाई ओरालिएको विमानस्थल स्रोतले जनाएको छ।
स्रोतका अनुसार आज बिहान भरतपुर उड्ने तयारीमा रहेको बुद्धको नाइन एन–एआईटी जहाजमा प्राविधिक समस्या देखिएपछि रोकेर यात्रु ओराल्नु परेको थियो। उक्त जहाजमा प्राविधिक समस्या आएपछि आन्तरिक उडानका अन्य जहाजहरूको उडान कार्यमा ढिलाइ भइरहेको छ।
नेपाली आकाशमा सुक्षित मानिएको बुद्ध एयरका जहाजमा विगत केही समयदेखि समस्या देखिन थालेको छ । इयुको कालोसूचीमा रहेको नेपालको आकाशमा बुद्ध एयरका जहाज सुरक्षित भएको मान्थ्यिो ।
बारम्बार जहाजमा समस्या आउन थालेपनि यसको समेत विस्वास टुटेको छ ।