सपनालाई ल्याउने ओलीको सपना पुरा भएन, राउत प्रधानन्याधीशमा सिफारिस
काठमाडौँ – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।
वरिष्ठताको हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । अब संसदीय सुनाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।
ओलीले दोश्रो बरियतामा रहेकी सपना प्रधान मल्ललाई प्रधानन्यायाधीस बनाउन चाहेकाका थिए । राउतलाई रोक्न ओलीले श्रीमतीसँगको सम्बन्ध विच्छेदको विषयसमेत परिषद् बैठकमा उठाएका थिए ।
सपनालाई नियुक्ती गर्न ओलीले उपसभामुखलाई हटाउन महाअभियोग लगाउने र आफू अनुकुलको उपसभामुख बनाएर परिषदमा बहुमति पुर्याउने तयारी गरेका थिए । तर नेपाली कांग्रेसले ओलीको योजनामा सहमति नजनाएपछि उनको यो योजना असफल भएको थियो ।