मेरो सरकार, नेपाल सरकार कि श्री ५ को सरकार ? क–कसले के भने ?
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा सामाजिक सञ्जाल भने यसको विराध भएको छ । नीत तथा कार्यक्रमको विराध नभएर राष्ट्रपतिले प्रयोग गरेका शब्दले सामाजिक संजाल तरङगीत भएको छ ।
राष्ट्रपतिले आफ्नो सम्वोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि यसमाथि बहस भएको हो । यसबाट राजतन्त्रकालको झल्को आएको धेरैले टिप्पणी गरेका छन् । जानकारहरुले पनि यो अभ्यास लोकतन्त्रमा नभएको बताएका छन् ।
राजतन्त्रकालमा ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो । त्यसैले तत्कालीन श्री ५ अर्थात् राजाले यसलाई ‘मेरो सरकार’ भन्ने गर्थे । गणतन्त्र स्थापनापछि ‘श्री ५ को सरकार’ को ठाउँमा ‘नेपाल सरकार’ भन्न थालियो । त्यसपछि राष्ट्रपतिले सम्वोधन गर्दा ‘मेरो सरकार’ भन्ने गरेका थिएनन् ।
प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछि विद्या भण्डारीले पनि अघिल्लो वर्षसम्म ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेका थिए । तर, यसपालीको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनेकी हुन् ।
नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन मात्र गर्ने हुन् । सबै मन्त्रालयहरुसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले यो भाषण फाइनल गर्छ । यसलाई क्याबिनेट वैठकबाट पारित गरेर राष्ट्रपतिलाई हस्तान्तरण गरिएको हुन्छ । यसको भाषागत सुद्दता हेर्ने अवसर राष्ट्रपति र उनको टिमसँग हुन्छ । त्यसैले राष्ट्रपतिको जानकारी बिना यो शब्द प्रयोग भयो भन्न मिल्दैन ।
सामाजिक संजालमा काँग्रेस प्रबत्ता विश्वप्रकास शर्माले जनताको सरकार हो की राष्ट्रिपतिको सरकारको हो भन्दै प्रश्न गरेका छन । उनले भनेका छन, सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ? कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?
त्यस्तै, काँग्रेस नेता गगन थापाले पनि स्टाटस लेख्दै नेपाल सरकारको नीति तथा कार्यक्रम कहिले आउने हो भन्दै ब्यङ्या गरेका छन । उनले भनेका छन, ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यूबाट महामहिम ज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ। प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’
अरु कसले के भने
कृपया मलाई मेरो अनभिज्ञता बाट मुक्त गरिदिनु होला जानकार हरु;
संसदमा सं राष्ट्रपति को सम्बोधन सुन्दै छु
“मेरो सरकार” भन्दै हुनुहुन्छ
यो पदावलीको प्रयोग सहि छ?? pic.twitter.com/caKZK3RbC1— bhusan dahal (@DahalTbd) May 3, 2019
अघि श्री ५ काे सरकार थियाे। त्यही भएर ‘मेराे सरकार’ हुकुम हुन्थ्याे। इतिहासकाे झझल्काेले मर्ने भइयाे!
— Guna Raj Luitel (@gunaraj) May 3, 2019
नेपाली सार्वभौसत्ता कहाँ छ? सरकार कसको हुन्छ? संविधानमा त यस्तो छ: pic.twitter.com/THVuLF9Sl3
— Rameshore Khanal (@rameshore) May 3, 2019