असोज ४ गते ‘पार्टनरसिप लञ्च’ इभेन्ट गर्दै रियल ड्रिम्स्
काठमाडौं – रियल ड्रिम्स एजुकेशन कन्सल्टेन्सीले ‘पार्टनरसिप लञ्च’ इभेन्टको आयोजना गर्ने भएको छ । रियल ड्रिम्सले यही असोज ४ गते अर्थात सेप्टेम्बर २० तारिखका दिन एभरेष्ट होटल नयाँ बानेश्वरमा ‘पार्टनरसिप लञ्च’ इभेन्ट आयोजना गर्ने भएको हो ।
सो इभेन्टमा लीड्स ट्रिनिटी विश्वविद्यालयको आधिकारिक नेपाली एजेण्टका रुपमा रियल ड्रिम्सले आफूलाई परिचित गराउने छ । यो इभेन्टमा विश्वविद्यालयका ग्लोबल इङ्गेजमेन्ट निर्देशक डेनियल कफ (Daniel Cuffe -Director of Global Engagement), विश्वविद्यालयका दक्षिण एसिया क्षेत्रीय निर्देशक अमोल वर्पे (Amol Varpe -Regional Director, South Asia) र विश्वविद्यालय रिक्युपमेन्ट सल्लाहकार सुमित सिंह (Sumit Singh – Student Recruitment Advisor)को उपस्थिति रहने छ ।
कार्यक्रममा विश्वविद्यालय निर्देशक कफले विश्वविद्यालयका बारेमा जानकारी दिने छन् भने विद्यार्थीले पाउने सेवा र सुविधाका बारेमा शैक्षिक परामर्श व्यवसायीलाई जानकारी दिने छन् । उक्त कार्यक्रममा रियल ड्रिम्सका प्रवन्ध निर्देशक बसन्त नेपालले धन्यवाद मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
लण्डन बाहिरको लिड्स सहरमा अवस्थित विश्वविद्यालय भएकाले नेपाली विद्यार्थीलाई विशेष सहुलितसहित विश्वविद्यालयले नेपालमा काम गर्न सुरु गरेको छ । यो इभेन्ट नेपालका युकेको शिक्षालाई प्रमोट गरिरहेका शैक्षिक परामर्श व्यवसायीलाई बोलाइएको छ ।