रवि लामिछानेबिरुद्ध देउवाले पहिलोपटक फोरे मुख
काठमाडौँ – रास्वापाका सभापति रवि लामिछानेबिरुद्ध नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटमुख खोलेका छन्। कुनैपनि कुरामा शिघ्र प्रतिक्रिया दिनहाल्ने देउवाले लामिछानेको बिरुद्ध पहिलो पटक मुख फोरेका हुन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्ने क्रममा देउबाले लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताए। उनले पार्टीले संसद्मा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरू अहिले प्रमाणित भएको दाबी गरे ।
उनले संसदीय छानबिन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएको धन्यवाद दिए । उनले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरू सही भएको बताए।