ओली अमेरिका उडेको मौका छोपेर प्रचण्डले गरे सत्ता बदलको अर्को खेल सुरु
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका उडेको मौका छोपेर यता नेपालमा राजनीतिक समिकरण फेरबदलको प्रयास थालिएको चर्चा हुन थालेको छ ।
विशेसगरी कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले दुई दल मिलेर सरकार चलाउनेतर्फ सोच्नुपर्नेगरि गृहकार्य थालेका चर्चा हुन् लागेको हो । एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री ओलीको धोकाकै कारण आफू अकस्मात सरकारबाट बाहिरिनुपरेको प्रचण्डको बुझाईले कुनैपनि हालतमा ओलीसँग बदला लिनको लागिपनि यो प्रयास भएको आकलन गर्न थालिएको हो ।
हुन त दाहालले अहिले आफ्नो र पार्टीको प्राथमिकता सत्ता नभएको दाबी गर्दै आएका छन् । तर, उनले यही बीचमा कांग्रेसका नेता शेखर कोइरालासँग गरेको लगातारको भेटवार्ताले पनि कुनैपनि हालतमा कांग्रेस र एमालेको समिकरण भत्काउन आँतुर छन् भन्ने कुरा देखिएको छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीपनि कांग्रेस नेतृत्वको भूमिकाप्रति सशंकित बनेका छन् । उनले आफूविरुद्ध घेराबन्दी भएको र अबको दिन अप्ठ्यारा रहेको भनेर पार्टीभित्र गरेको ब्रिफिङले पनि उनी कति असहज अवस्थामा छन् भन्ने कुरा पुष्टि हुन्छ । प्रधानमन्त्री ओली अमेरिकामा रहेकै बेलामा यता राजनीतिक धोकाधडीको शृखंला दोहोरिन सक्ने चर्चा छ ।अहिले कांग्रेस र माओवादीसहितको पूरानै गठबन्धन ब्युँताउनको लागि सबैभन्दा सक्रिय भूमिका माधव कुमार नेपालले पनि खेलेको चर्चा छ। यो बीचमा माधव नेपालले देउवासँग भेटवार्ता गरेको बुझिएको छ ।