मेटमणिलाई बोक्दा माधव नेपालालाई आईलाग्यो सम्मानित नेतामाथि नै धावा बोल्नुपर्ने बाध्यता
काठमाडौं – नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई बोक्दा अध्यक्ष माधवकुमार नेपाललाई सम्मानित नेताकै बिरुद्धमा धावा बोल्नुपर्ने बाध्यता आईलागेको छ।
नेपालले चौधरीले लिपुलेक र कालापानी भारतको हो भनेर दिएको अभिव्यक्तिको बचाउ गर्न सम्मानीत नेता झलनाथमाथि नै धावा बोल्नु पर्ने बाध्यता आइलागेको हो। उनले पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै खनाललाई लक्षितगरि सोअभिव्यक्तबारे गीत गाउँदै नहिँड्न चेतावनी दिएका थिए ।
अध्यक्ष नेपालले लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भन्ने प्रष्ट रुपमा भनिसकेपछि त्यसलाई गीत बनाउन आवश्यक नभएको बताएका थिए। गत साता पूर्व मन्त्रीसमेत रहेका चौधरीले लिपुलेक र कालापानी नेपालको नभएको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको अहिलेपनि विरोध भईरहेको छ । सम्मानीत नेता खनालले विज्ञप्तिनै निकालेर चौधरीलाई पार्टीबाट निकाल्न माग गरेका थिए । तर, नेपालपक्ष भने चौधरीको बचाउ गर्दै आएको छ ।