गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया मास्टर नै रवि लामिछाने भएको उनकै सहकर्मीबाट खुलाशा

बुधबार, ९ असोज २०८१

काठमाडौँ –  सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया मास्टर रवि नै भएको खुलाशा गरेका छन्। सहकारी ठगी तथा संगठित अपराधमा जोशीको बयानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसंग यस्तो खुलासा गरेका हुन्।

बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका छन् ।

‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो, म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ,’ जोशीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन्, गोर्खा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो । भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै हुन् । रविले जीबीलाई भगवान् नै भनेर उचालेका थिए ।’

छविले भनेजस्तै ग्यालेक्सी टेलिभिजनको उद्घाटनका दिन लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरामा भनेका थिए, ‘टीभी चलाउने लगानी कहाँबाट आयो भनेर क्याउँक्याउँ क्याउँक्याउँ नगर्नुहोला । यो उद्यम व्यवसाय गरेर, सरकारलाई कर तिरेर कमाएको पैसा हो, त्यो नै लगानी गरेको हो ।