पहिरोले काभ्रेको एक बजारै बगायो

शनिबार, १२ असोज २०८१

काभ्रे – काभ्रेको रोशी गाउँपालिकाको नार्के नजिकै रहेको पक्की घरहरु बाढीले बगाएको छ । बिपी राजमार्गमा गएको पहिरोले राजमार्ग नजिकै रहेको पक्की घरहरु बाढीले बगाएको हो ।

घर बगाएपनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै पनौती नगरपालिका २ ठाँडेमा एक जनालाई पहिरोले पुरेको छ ।

काभ्रेकै रोशी गाउँपालिका ३ भँडारेमा दिदी भाइ नै पहिरोले पुरीएका छन् । बल्थली भ्यु प्वाइन्ट रेष्टुरेन्टमा रहेका दुई विदेशी पर्यटक संकटमा परेका छन् । चारै तिरबाट पहिरो आएपछि उनीहरु संकटमा परेको स्थानीयले जानकारी दिएका छन् ।

बनेपा नगरपालिका ५ मा गोठ भत्कदा एक जनाको पुरीएर मृत्यु भएको छ । बल्थलीमा पुरिएकाहरु अर्जुन भण्डारी उनको श्रीमती, छोरी र नाती रहेको छन् । ५० वटा घर पहिरोको जोखिममा परेको काभ्रेका पत्रकार मोतिराम तिमिल्सिनाले जानकारी दिएका छन् ।