रास्वपाले भन्यो, ‘दुई दिनको पानीले दुई तिहाइको औकात देखाइदियो’
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ । आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको उसको ठहर छ । ‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन’, झाले भने, ‘२ दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’
सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेको उनको टिप्पणी छ । असोज ११ र १२ गते आएको अविरल बर्षा पछिको पानीले ठूलो धनजनको क्षेति भएको छ ।
बाढी पहिरो पीडितको उद्धार र राहतमा सरकारको ध्यान नपुगेको रास्वपाले निश्कर्ष निकालेको छ ।