२५ स्थानमा भयो ‘रेकर्ड ब्रेक’ बर्षा (विवरणसहित)
काठमाडौं – गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाले २५ स्थानमा रेकर्ड ब्रेक गरेको छ । १४ जिल्लाका २५ स्थानमा रेकर्ड बर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १२ गते बिहान ८ः४५ बजे मापन गरिएको वर्षाको तथ्यांक अनुसार, १४ जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको हो ।
यस अवधिमा मनसुन न्यून चापीय प्रणालीको कारण देशका धेरै स्थानमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको छ। पछिल्लो २४ घण्टामा मकवानपुरको दामनमा सबैभन्दा धेरै बर्षा भएको छ ।
काठमाडौंको उपत्यकाका पनि धेरै स्थानमा रेकर्ड ब्रेक बर्षा भएको छ । कहाँ कहाँ भयो त रेकर्ड ब्रेक ?
