देश भारतलाई जिम्मा लगाउनुपर्छ भन्ने स्वर्णिम वाग्लेले फेरि गरे अन्तराष्ट्रिय बेइज्जत

मंगलबार, २२ असोज २०८१

काठमाडौँ – देशकै उत्कृष्ट अर्थशास्त्री मध्येका एक स्वर्णिम वाग्लेले आफ्नो बौद्धिकताको बेइज्जत गरेका छन् । नेपालको राष्ट्रिय गान र आम मान्छेलाई पनि थाहा हुने विषयमा गलत कुरा गरेपछि उनले बेइज्जत गरेका हुन् ।

रास्वपाकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग गरेको संवादमा उनले नेपालको राष्ट्रिय गान लेख्ने कवि व्याकुल माइलालाई राष्ट्रकवि भनेका छन्, जबकि राष्ट्रकविको पदवी माधवप्रसाद घिमिरेलाई दिइएको छ भने व्याकुल माइलाले कुनै त्यस्तो पदवी पाएका छैनन् । त्यस्तै, उनले राष्ट्रिय गानमा संगीत भर्ने व्यक्तिको नाम गोपाल योञ्जन भनेका छन् । जबकि नेपालको अहिलेको राष्ट्रिय गानको संगीतकार भने अम्बर गुरुङ हुन् ।

गोपाल योञ्जनको निधन २०५४ सालताका नै भएको थियो । त्यो बेलासम्म ‘श्रीमान् गम्भीर नेपाली….’ नै प्रचलनमा थियो जसको लेखक चक्रपाणी चालिसे र संगीतकार भक्त बहादुर बुढापीर्थी थिए ।

उक्त संवादमा संवादमा पूर्वमन्त्री श्रेष्ठले सोधेकी थिइन्, ‘तपाईँले नेशनल एन्थम (राष्ट्रिय गान) कहिले सिक्नुभयो ?’ जवाफमा वाग्ले भन्छन्, ‘हाम्रो व्याकुल हो कि के कविजी…राष्ट्रकवि… उहाँ भनेपछि आई वाज भेरि क्युरियस…। एउटा जनजाति पृष्ठभूमिको कविले….एकदमै चैँ… नेपालको राष्ट्रिय गीत गाएर… गोपाल योञ्जनले म्युजिक भर्नुभएको भनेर न्युज पढेपछि गुगल गरेर सोधखोज गरेको याद छ मलाइ ।’

वाग्लेले यसअघि भारतीय दूतावास अगाडि नेपाललाई भारतको जिम्मा लगाउनु पर्ने अभिव्यक्ति दिएका थिए ।