पुण्य गौतममाथि आक्रमण
काठमाडौँ – अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ । सोमबार साँझ गोकर्णेश्वर नगरपालिका–८ स्थित बेशिगाउँमा अज्ञात व्यक्तिले आक्रमण गरेका हुन् ।
उनीमाथि रड प्रहार गरेर भागेको प्रत्यक्षदर्शीको भनाई छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका गौतमको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
उनको आइसियुमा उपचार भइरहेको छ ।