मित्रकाे साथ
सोमनाथ रिमाल ले आफ्नो साथी राजु कार्की लाई फोन गरेर भन्यो: “जसरी भएपनि मलाई पैसा चाहिएको छ यार, मेरो आमा बिरामी हुनुहुन्छ मसँग औषधि किन्नको लागि पैसा नै छैन।
सोमनाथ को साथी राजु ले जवाफ दियो: “ठीक छ यार मलाई साँझमा कल गर म पैसाको जोगाड गर्छु।” साेमनाथ ले साँझमा उसलाई फोन गर्यो तर फोन स्वीचअफ थियो।
जबसम्म उ थाक्दैन तबसम्म उसले बारम्बार फोन गरिरह्यो, र अन्तिममा केही सीप नलागेपछी उसले पैसाको लागि छरछिमेक आफन्त नातेदार सबै सँग फोनमा कुरा गर्यो तर उसलाई कसैले पैसा दिएनन उसलाई पैसा पत्याएनन।
सोमनाथ निराश भयो र मोबाइल गोजीमा राख्दै आफ्नो घर गयो तब आमा सुतिरहेको सिरानीको छेउमा औषधि सहितको झोला र फलफुल उसले देख्छ।
उसले आफ्नो भाइलाई सोध्यो: यो कसले ल्यायो? तपाईंको साथी राजु १ घण्टा अगाडी घरमा आउनुभएर औषधिको नामलिस्ट लगेर औषधी सँगै फलफुल ल्याएर भोलि आउँछु भनेर जानुभयो।
खुशी अनुहार पार्दै, भाइको कुरा सुन्नै बित्तिकै सोमनाथ साथीको घरतर्फ दौडियो, जब उसले आफ्नो साथी राजु लाई भेट्टायो र उसले सोध्यो: तिमी कहाँ थियौ? किन फोन अफ गरेको?
साथी राजुले उसलाई भन्यो: “यार, मैले मेरो मोबाइल फोन बेचेर तिम्रो आमाको लागि औषधि किने।”
के तपाईंले मित्रता के हो भनेर बुझ्नु भएको छ? एक सच्चा साथीले आफ्नो साथीलाई दु:खमा पर्दा आफ्नो हात लुकाउँदैन समस्याबाट भाग्दैन बरु डटेर समस्या सुल्झाउन तिर लाग्छ। साँचो मित्र भनेको फरक आमाको दुई सन्तान हुन् ।