एसएसपी सरुवा : काठमाडौं परिसरमा उत्तमराज, प्रवक्तामा उमेशराज
बैशाख २३, काठमाडौं – प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर , अपराध महाशाखा र प्रवक्तामा नेतृत्व परिवर्तन गरेको छ ।
प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी, अपराध महाशाखामा एसएसपी सहकुल थापा र केन्द्रिय प्रवक्तामा एसएसपी उमेशराज जोशी सरुवा भएका छन् ।
यस्तै तालिम निर्देशनालयमा धिरजप्रताप सिंह,बिराटनगर तालिम केन्द्रमा पुरुषोत्तम कंडेलको सरुवा भएको छ ।