उपमेयरलाई ‘बाइपास’ गर्दै हर्क साम्पाङले दिए वडाध्यक्षलाई कार्यवाहक

मंगलबार, २९ असोज २०८१

धरान – धरानका उपमहानरपालिकाका मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर भ्रमणमा निक्लिएका छन् । मेयर साम्पाङले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

असोज २३ गते असोज २८ गतेबाट लागू हुने गरी आफू यूकेबाट नफर्कुन्जेल ५ वटा सर्त राखेर अधिकार प्रत्यायोजन गरेको एक पत्र थमाएका हुन् ।

उनले कार्यवाहक दिएको पत्रमा दैनिक अधिकतम ५ हजार रूपैयाँमात्र आर्थिक सहयोग खर्च गर्ने, कार्यपालिका बैठक नबोलाउने÷नबसाउने, खानेपानी महसुल वृद्धिविरोधी केही समयअघि दलहरूको आन्दोलनको क्रममा फोडिएको गेट र नगरपालिकाको बोर्ड अहिले मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा(बढुवा नगर्ने सर्तहरू छन् ।