दशैंपछि सरकार ढल्छ की भन्ने भयले आक्रान्त ओलीले अपर्झट बोलाए प्रचण्ड-देउवालाई बालुवाटार

बिहिबार, १ कार्तिक २०८१

काठमाडौँ – दशैंपछि सरकार ढल्छ की भन्ने भयले आक्रान्त प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बोलाएका छन्  ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका छन् ।

बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पुर्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो । बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पुर्याउने विषयमा छलफल केन्द्रित भएपनि दशैंपछि ओली नेतृत्वको सरकार ढल्ने प्रचण्डको सार्वजनिक अभिव्यक्तिकाबीच डाकिएको शिर्ष दिन दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।