रामकृष्णको नयाँ गीत ‘रसिलो त्यो मायाको बोली’ बजारमा

सोमबार, २३ बैशाख २०७६

काठमाडौं – रामकृष्ण श्रेष्ठको नयाँ लोक आधुनिक गीत रसिलो त्यो मायाको बोलीमा बजारमा आएको छ । रामकृष्ण श्रेष्ठ र जेनी खालिङको स्वर रहेको गीतमा दीपक शर्माको संगीत भरेका छन् भने डिपी परिश्रमीको शब्द रहेको छ।

प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत समन अधिकारीले निर्देशन गरेका छन् । गीतमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय देख्न सकिन्छ । ओएसआर डिजिटल मार्फत युट्युबमा सार्वजनिक भएको गीतमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान सुन्न पाउनेछन्।

हेर्नुहोस भिडियो