क्रिकेटर सन्दीप लामिछानेलाई बल्ल दियो अमेरिकाले भिसा

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लामिछानेले भिसा पाएका कारण आजै बेलुका अमेरिका उड्ने तयारी भएको छ।

नेपालले आजदेखि लिग–२ को सेरिज खेल खेलिरहेको छ। अमेरिकासँगको खेल खेल्न नपाए पनि लामिछानेले अन्य खेलमा उपस्थिति जनाउनेछन्।