जग्गादानबारे प्रश्न गर्ने तीन नेतालाई एमालेले कारवाही गर्ने
काठमाडौं – नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादान विरुद्ध बोल्ने नेतालाई कारवाही गर्ने भएको छ । पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरुलाई कारवाही स्वरुप स्पष्टीकरण सोध्ने भएको छ ।
पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
एमालेले भाटभटेनीमा मालिक मिनबहादुर गुरुङसँग झण्डै ११ रोपनी जग्गा पार्टी कार्यालय निर्माणका लागि स्वीकार गरेको थियो । रावल, पाण्डे र लिमल्सिनाले यसको विरोध गरेका थिए ।
कीर्तिपुरमा बन्न लागेको पार्टी कार्यालय भवन गुरुङ आफैले बनाइदिने बताएका छन् ।