दाने जग्गाको बिषयलाई लिएर एमालेभित्र भाँडभैलो

आइतबार, ४ कार्तिक २०८१

काठमाडौं – नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि मिनबहादुर गुरुङले दिएको जग्गादानको विषयलाई लिएर एमालेभित्र भाँडभैलो मच्चिएको छ।  पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै ३ जना सिर्सस्त नेताहरुसंग स्पष्टीकरण सोधेपछि भाँडभैलो मच्चिएको हो ।

एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ

जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ ।