रविलाई बोल्न दिएको भन्दै कास्कीका सिडिओ र प्रहरी प्रमुखसंग गृहमन्त्री फायर, कारवाहीको तयारी
काठमाडौं – कास्कीका सिडिओ भरतमणि पाण्डे र सुरक्षाको कमाण्ड समालेका एसपी श्यामबाबु ओलियाप्रति गृहमन्त्री रमेश लेखक फायर भएका छन्। रविलाई आज म्याद थप गर्न जिल्ला अदालत लैजाने क्रममा सुरक्षा कमजोरी भएको निश्कर्ष निकाल्दै गृहमन्त्री लेखक फायर भएका हुन्। रविलाई अदालत परिसरभित्रै खुला रुपमा बोल्न दिईएकोमा लेखक फायर छन् ।
जहाँ लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोख्नुको साथै ओलीलाई भ्रष्टाचारको जगमा उभिएको नेताको संज्ञा दिएका थिए । यो विषयमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि समन्वय गरेका छन् । गृह मन्त्रालयनिकट उच्च स्रोतकाअनुसार कास्कीका प्रहरी प्रमुख ओलियालाई तत्कालै काठमाडौं तान्नेगरि तयारी भएको छ ।
उता, सिडिओ पाण्डेले पनि जिल्लाको शान्ति तथा सु-व्यवस्था कायम राख्ने सवालमा नेतृत्वदायी भूमिका खेल्न नसक्ने निश्कर्षमा गृह प्रशासन पुगेको छ । उनलाई पनि एसपी ओलियासँगै फिर्ता बोलाउनेगरि गृहकार्य भएको छ ।
प्रधानमन्त्री ओली आज पार्टीको सचिवालय बैठकमा व्यस्त भएकोले थप निर्णय लिन ढिलाई भएपनि भोलिसम्म यसबारेमा निर्णय लिईसक्ने गृहमन्त्री लेखकको तयारी छ ।