भिस्तारा विमानमा बम भेटिएको हल्लाले बिमानस्थलमा तनाव
काठमाडौं – भिस्तारा विमानमा बम भेटिएको हल्लाले बिमानस्थलमा त्रास फैलिएको छ।
मंगलबार अपराह्न साढे ४ बजे दिल्लीबाट काठमाडौं आएको बिमानमा बम छ भन्ने हल्ला चलेपछि त्रास फैलिएको हो।
बिमानमा बमको हल्लापछि विमानका यात्रुहरुलाई विशेषरुपमा वडि सर्च गरेर उच्च निगरानीका साथ इमिग्रेसनबाट बाहिर पठाइएको छ ।
मंगलबार अपराह्न साढे ४ बजे दिल्लीबाट आएको विमान काठमाडौंमा अवतरण गरेको थियो ।