सरकारको सय दिन: गज्जबको काम भएको सत्तारुढ दलको निष्कर्ष
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको १०० दिनमा गज्जबको काम भएको निष्कर्ष निकालेको छ।
बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री ओलीले १०० दिनको मूल्यांकन सुनाउँदै गज्जबको काम भएको बताएका हुन् । उनले मुख्यत: अर्थतन्त्र लयमा आउन थालेको, विपद्पछिको अवस्थामा सरकारले उल्लेख्य काम गरेको, सहकारी ठगीमा कारबाही सुरु भएको जस्ता विषय उठाउँदै सरकारको बचाउ गरेका थिए ।
प्रधानमन्त्री ओलीको दाबीमा सत्ताको मुख्य साझेदार नेपाली कांग्रेस पनि सहमत जस्तो देखिन्छ । कांग्रेसको संस्थापन इतर समूहले भने सरकारको आलोचना गरिरहेको छ ।
सभापति देउवाले बैठकमा ओलीलाई साथ दिँदै सरकारको १०० दिनको काम सन्तोषजनक नै भएको तर, विपक्षीले अनावस्यक भ्रम सिर्जना गरेको आरोप लगाएका थिए । बैठकमा सहभागीका अनुसार प्रधानमन्त्री ओलीको भनाईमा कांग्रेस सभापतिले समर्थन जनाउँदै अहिले नै सरकारको मुल्याङ्कन गर्ने बेला नभएको बताएका थिए ।