रवि पत्नी निकितालाई कारवाही गर्न धराज गुरुङको माग
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई सहकारी प्रकरणमा कारबाही नगरी राजनीतिक प्रतिशोध लिन आफ्ना सभापतिलाई फँसाएको दाबी गर्ने रास्वपाका नेतालाई चुनौती दिइएको छ।
उपसभापति गुरुङले एक विज्ञप्ति जारी गरेर पूर्वपत्नी ज्योती गुरुङको सहकारी प्रकरणमा आफूलाई कारबाहीको माग गरिरहेका रास्वपाका नेता कार्यकर्तालाई भने,‘त्यसो हो भने रवि लामिछानेको गल्तीमा निकित पौडेललाई कारबाही गर।’
ज्योति गुरुङ महाप्रबन्धक रहेको ललितपुरको मितेरी सहकारीमा झण्डै १२ करोड रकम अपचलन भएको सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको सूर्य थापा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ।
थापा नेतृत्वको समितिले मितिरे सहकारी ठगीमा संलग्नमाथि आवश्यक अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। यद्यपि हालसम्म सरकारले छानबिन सुरु गरेको छैन्। सहकारी ठगीमा ज्योति मुछिएको थाहा पाएपछि केही वर्षअघि नै धनराजले सम्बन्ध विच्छेद्ध गरेको दाबी गरेका छन्। अ