सात दिनको ऐतिहासिक रेकर्डपछि बल्ल घट्यो सुनको भाउ
काठमाडौँ – लगातार सात दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य घटेको छ।गत साताको बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य यस दिन सामान्य घटेको हो।
बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।बुधबारको उक्त मूल्य हालसम्मकै उच्च हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।