खुलेरै रवि लामिछानेको पक्षमा उभियो माओवादी

बिहिबार, ८ कार्तिक २०८१

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र खुलेरै रवि लामिछानेको पक्षमा उभिएको छ।

बिहिबार  माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको शनिबारको आन्दोलनबारे जानकारी दिन आयोजित्र पत्रकार सम्मेलनमा सहकारी ठगीमा जोडिएका एमालेका ऋषिकेश पोखरेल र नेपाली कांग्रेसका धनराज गुरुङलाई जोगाउन रवि लामिछानेलाई थुनेको भन्दै माओवादी रविको पक्षमा उभिएको हो ।

सहकारी ठगीमा जोडिएका एमालेका ऋषिकेश पोखरेल र नेपाली कांग्रेसका धनराज गुरुङमाथि कुनै छानबिन नभएको तर,रास्वपाका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गरिएको भन्दै माओवादीले आपत्ति जनाएको छ ।

पोखराको सूर्यदर्शन लगायतका सहकारी ठगीमा मुछिएका लामिछाने शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा छन् । सहकारीमा जोडिएका लामिछानेको बचाउ गर्दै माओवादीले आपत्ति जनाएको हो ।