प्रचण्डको कमाण्डमा माओवादीले ओली सरकारकोबिरुद्ध काठमाडौँमा विशाल जुलुस निकाल्ने

शुक्रबार, ९ कार्तिक २०८१

काठमाडौँ – नेकपा माओवादी केन्द्रले भृकुटीमण्डमा शनिबार अध्यक्ष प्रचण्डको कमाण्डमा विशाल जुलुस निकाल्ने भएको छ।  केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा सरकारबिरुद्ध काठमाडौँमा विशाल जुलुस निकाल्न लागेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी लगभग पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले जानकारी दिएका छन् ।

शनिबार ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिएका छन्  ।

जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा परिणत हुने सिंखडाले जानकारी दिए । करिब २ घण्टामा कार्यक्रम सकिने उनले जानकारी दिए । जुलुसमा उपत्यका भित्रबाट मात्र सहभागी हुनेछ ।