रविलाई छुटाउन काठमाडौँ आइन् निकिता
काठमाडौं – रवि लामिछानेकी पत्नी निकिता पौडेल पोखराबाट काठमाडौँ फर्किएकी छिन्। निकिता आफ्नो पति लामिछानेलाई बन्दी प्रत्यक्षीकरणको रिट मार्फत छुटाउनका लागि काठमाडौँ आएकी हुन्।
लामिछाने १० दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगिसकेपछि उनलाई प्रहरीले दुईपटक म्याद थप गराइसकेको छ ।
सर्वोच्च अदालतमा रविको बन्दी प्रत्यक्षीकरण रिट हाल्ने तयारीकासाथ निकिता काठमाडौँ फर्किएपछि अदालतको इजलासमा आवेशपूर्ण अभिव्यक्ति दिए पनि हिरासतभित्र उनी उच्च मनोबलमा रहेको बुझिएको छ ।
सर्वोच्च अदालतमा रविको बन्दी प्रत्यक्षीकरण रिट हाल्ने निकिताको तयारी छ । त्यसैका लागि काठमाडौं आएकी हुन् । रिट हालिसकेर उनी फेरि पोखरा फर्किनेछिन् ।