हिरासतमा रविलाई आफ्ना समर्थक सुभचिन्तकहरुलाई भेट्न चारघण्टा समय

सोमबार, १२ कार्तिक २०८१

काठमाडौं – सहकारी ठगी आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाइ सामान्य रहेको छ ।

कास्की प्रहरीको हिरासतमा दस दिन बिताइसकेका रविलाई भेट्न आउनेहरूलाई सहज सुविधा दिइएको र प्रहरीबाट कुनै दुर्व्यवहार नभएको स्रोतले बताएको छ ।

रविको कोठा कास्की प्रहरी कार्यालयको माथिल्लो तल्लामा रहेको गार्डको सुत्ने कोठामा छ, जहाँ उनी एक्लै बसिरहेका छन् ।

रविले हिरासतमा दैनिक भेटघाटको लागि दुई सत्रमा समय पाएका छन् – बिहान ७ देखि ९ बजेसम्म र बेलुकी ३ देखि ५ बजेसम्म, जसमा रास्वपाका नेता र कार्यकर्ताहरू उनलाई भेट्न आउँछन् ।