फेरि कारबाहीमा परे प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
काठमाडौँ – नेपाल राष्ट्र बैंकले प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको छ । नियामकीय व्यवस्था तथा निर्देशन विपरित काम गरेको भन्दै दुई वाणिज्य बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले यस्तो गल्ती नदोहोर्याउन सचेत गराएको हो । इन्भेष्टमेन्ट बैंकले बैंक खाता खोल्दा तथा सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रभु बैंकले लकर रोक्का राख्न यस बैंकबाट दिइएको निर्देशन पालना नगरेको जनाइएको छ । यसअघि वित्तीय संस्था सुपरिवेक्षण विभागले सातववटा वित्तीय संस्थालाई केन्द्रीय बैंकको कारबाही गरेको जनाएको थियो ।
अघिल्लो आर्थिक बर्षमा पनि यी बैंकहरु यस्तै प्रकृतिको कारबाहीमा परेका थिए ।
