भारतीय कलाकार कपिल शर्मालाई झट्का, एक हप्ताभित्रै रेसबाट आउट

मंगलबार, २४ बैशाख २०७६

काठमाडौं – भारतीय कलाकार कपिल शर्मामा ठुलो भट्का लागेको छ । टिआरपीको रेसमा सबैभन्दा अगाडी रहेको उनको टेलिभिजन कार्यक्रम यो हप्ता उत्कृष्ट पाँचको रेसबाटै बाहिरिएपछि उनलाई ठुलो झट्का लागेको हो ।

शीर्ष पाँचबाट बाहिरिँदा कपिललाई ठूलै झट्का लागेको छ । यसपटक शीर्ष १ मा टिभी शो ‘कुमकुम भाग्य’ आइपुगेको छ । यस्तो दोस्रो स्थानमा ‘कुण्डली भाग्य’ छ भने यो हप्ता तेस्रो स्थानमा ‘ये रिश्ता क्या कहलाता हे’ रहेको छ ।

साथै, चौथो स्थानमा छ ‘कुल्फी कुमार बाजेवाला’ रह्यो । यसका साथै, ‘नागिन थ्री’ टिआरपीको पाँचौ स्थानमा रहन सफल भएको छ ।